साप्ताहिक संवाददाता
कार्तिक २०, २०७६
पहिले चलन र परम्परा समाज एवं धर्मले निर्धारण गर्थे, अहिले सामाजिक सञ्जालले । हिजोआज सामाजिक सञ्जालले विभिन्न किसिमका चलन चलाउन थालेको छ जसअनुरूप पछिल्लो समयमा देखिएको चलन हो–‘गुलाव पोज’ ।
यो चलनअनुसार प्रयोगकर्ताहरूले गुलावको फूलबीच वाथ टवमा नुहाएको वा रिल्याक्स गरेको तस्बिर आफ्नो इन्स्टाग्राम एकाउन्टमा पोस्ट गर्छन् । छालाको सौन्दर्य बढाउने गुलावमा बसेर नुहाउँदै आफ्नो सौन्दर्य देखाउनुपर्ने चलन अहिले अस्ट्रेलिया, युरोप तथा अमेरिकाका इन्स्टाग्राम प्रयोगकर्ताहरूमाझ व्यापक भएको छ ।