साप्ताहिक संवाददाता
कार्तिक २०, २०७६
डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेहरूको संख्या ५ लाख नाघेको छ । नेपाली युवा उद्यमीहरूको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । बजारमा आएको दुई वर्ष र केहि महिनाको छोटो अवधिमै खल्तीले यो कोसेढुंगा पार गरेको हो ।
सन् २०१७, जनवरी २६ मा नेपाली बजारमा आएको खल्ती एप उदीयमान तथा रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरूको ग्राहक–शुल्क तिर्ने जस्ता थुप्रै सेवा उपभोग गर्न सकिन्छ ।