ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको प्रस्तुतीमा चलचित्र ‘शिरसुबा’ निर्माण हुने भएको छ । यो ब्रेज मेश्रो फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको दोस्रो चलचित्र हो । चलचित्रको आइतबारबाट छायांकन सुरु भएको छ । कास्कीको रमणीय गाउा घान्द्रुकमा छायांकन भइरहेको यस चलचित्रमा विश्वास गुरुङ, सुमन गुरुङ, सुमित गुरुङ, प्रिती गुरुङ, टिकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, पुन बहादुर गुरुङ, राजेन्द्र बहादुर थापा, बालकलाकार अतीत गुरुङ आदी कलकारको अभिनय रहनेछ ।
यसैगरी चलचित्रको प्राविधिक टोलीमा चर्चित सिनेमेटोग्राफर सुशान्त प्रजापती, नवीन निरौला, पुरुषोत्तम पराजुली लगायतका रहेका छन । चलचित्रको निर्माता बिमल गुरुङ हुन् । कथा पनि उनकै हो । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रका गीतमा संगीत धन बहादुर गुरुङ र मनोज गुरुङले दिएका छन् । गोरे गुरुङ र लप्सन गुरुङ गीतका कोरियोग्राफर हुन । सरुन गुरुङ र निशा गुरुङ चलचित्रका पाश्र्व गायक गायिका हुन ।
अभिभावकको चाहना नमिल्दा छोराछोरी र अभिभावक बिच आइपर्ने समस्यालाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको निर्देशक माओत्से गुरुङले बताए । टिम राम्रो भएकाले आफुलाई चलचित्र निर्माण गर्न सहज हुने उनको भनाई थियो । ३० लाखको लगानीमा निर्माण हुने चलचित्रको ३० दिनमा छायाकंन सक्ने निर्माण पक्षको तयारी छ ।
यसअघि ब्रेज मेश्रो फिल्म प्रोडक्सनको पहिलो चलचित्र ‘भ्रे’ लाई दर्शकले रुचाएका थिए ।