साप्ताहिक संवाददाता
लेग स्पिनर सन्दिप लामिछानेले काठमाडौंको बुढानिलकण्ठमा झण्डैं ५ करोड खर्चिएर आलिशान बंगला खरिद गरेका छन् । बंगला किनेसँगै उनले चितवनमा रहेको परिवारलाई समेत काठमाडौँ सारेका छन् । उनको जन्मस्थल भने स्याङ्जा हो ।
क्रिकेटको सबैभन्दा ठूलो लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो क्रिकेटर लामिछानेले ७ देशका ८ लिगमा मोटो पारिश्रमिकमा अनुबन्धन भएका थिए । भने, उनी हालै मात्र डेढ करोड पारिश्रमिक लिएर ‘द हन्ड्रेड’मा अनुबन्धन भएका छन् ।
नेपाली क्रिकेटरहरुमा सबैभन्दा धेरै आम्दानी गर्ने भाग्यमानी क्रिकेटरको रुपमा समेत चिनिएका सन्दिपले किनेको घर निकै फराकिलो कम्पाण्डमा बनेको छ । घर निकै आकर्षक छ । घर भित्रको सजावट उत्तिकै लोभ्याउने किसिमको छ ।
अन्तराष्ट्रिय टि–२० लिगहरु खेल्न थालेको ३ वर्षमै उनले ६ करोडको हाराहारीमा आम्दानी गरिसकेका छन् भने विभिन्न ब्राण्डको एम्बेस्डर भएर समेत राम्रै रकम हात पारेका छन् ।
सन्दिप अन्डर १९ विश्वकपमा ह्याट्रिक गरेर चर्चामा आएका हुन् । त्यसपछि उनलाई कहिल्यै पछि फर्किएर हेर्नुपरेको छैन ।