साप्ताहिक संवाददाता
कार्तिक २१, २०७६
फेसबुकले छिट्टै नै टिभी स्ट्रिमिङ डिभाइस ल्याउने भएको छ । प्रयोगकर्ताले उक्त डिभाइसलाई टिभीमा जोडेपछि अनलाइन कन्टेन्ट प्रयोग गर्न सक्नेछन् । उक्त डिभाइस अमेजन फायरस्टिक जस्तै हुनेछ । यसमा माइक्रोफोन, स्पिकर तथा एउटा क्यामेरा हुनेछ ।
यसबाट भिडियोका साथै अगमेन्टेड रियालिटीको अनुभव गर्न सकिनेछ । उक्त डिभाइस एन्ड्रोइडको कस्टमाइज्ड भर्सनमा आधारित रहने बताइएको छ । फेसबुकले कन्टेन्टका लागि नेटफ्लिक्स, डिज्नी तथा एचबीओ जस्ता कम्पनीसँग सम्पर्क गरिरहेको छ । यसको सबैभन्दा सानो डिभाइसको अन्तर्राष्ट्रिय बजार मूल्य १ सय ९९ डलर हुनेछ भने पोर्टल प्लस डिभाइसको अन्तर्राष्ट्रिय बजार मूल्य ३ सय ९९ डलर हुनेछ ।