साप्ताहिक संवाददाता
‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ आजबाट वीरगञ्जमा सुरु भएको छ । नेपाल चलचित्र निर्माता संघको आयोजनामा तराई, पहाड, हिमालको उत्सव ‘नेपाली चलचित्र स्वोर्णिम महोत्सव–२०७६’ स्लोगन सहित आजबाट वीरगञ्जमा सुरु भएको हो ।
कला, संस्कृति र भाषाको समिश्रण तथा चलचित्रको बजार प्रवर्धन गर्दै प्रदेश नम्बर–२ का जनतासँग चलचित्रको आत्मियता बढाउनु महोत्सवको मुख्य उेद्देश्य रहेको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन् ।
राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरका उद्योगपति, व्यवसायीहरु र चलचित्र क्षेत्रबीचको दुरी कम गराइ चलचित्र उधोगप्रति लगानी गर्न आकर्षण गराउनु पनि महोत्सवको उदेश्य रहेको उनको भनाइ छ । चलचित्रका माध्यबाट पर्यटन प्रवर्धन गर्दै स्वदेशी उत्पादनको प्रवर्धन हुने भएकाले यो महोत्सवको आयोजना गरिएको अधिकारीले बताए ।
आजबाट सुरु भएको महोत्सव यही २३ गतेसम्म चल्ने छ । महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् ।