साप्ताहिक संवाददाता
चलचित्र निर्माता गोविन्द शाही फेरी पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरले भाटभटेनी नजिकैबाट पक्राउ गरेको बुझिएको छ ।
उनी भक्तपुर ठिमीमा रहेको क्युएफएक्सको उद्घाटनका लागी त्यहाँ पुगेका थिए ।
काठमाडौँ जिल्ला अदालतले चलचित्र निर्माणका क्रममा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पूर्जी जारी गरेपछि शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दिउँसो साढे २ बजेतिर पक्राउ गरेको हो ।
भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले शाहि पक्राउ परेको पुष्टि गरेका छन् । एसपी प्रधानका अनुसार तुरुन्तै शाहीलाई कालिमाटी वृत्तको जिम्मा लगाइएको छ ।
गोविन्द शाही, मिलन चाम्स र सुदीप खड्का मिलेर एकबर्षअघि चलचित्र ‘लिलिबिली’ निर्माण गरेका थिए । चलचित्र निर्माणको क्रममा वितरक समेत रहेका शाहीले एक करोड हिनामिना गरेको आरोपमा निर्माता तथा निर्देशक मिलन चान्स र सुदीप खड्काले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए । सोहि विषयमा यसअघि पनि उनलाई प्रहरीले पक्राउ गरेर छोडेको थियो ।