कात्तिक २२ गते : हरिबोधिनी एकादशी, तुलसी विवाह । २३ गते : विश्व स्वतन्त्रता दिवस । २५ गते : फाल्गुनन्दजयन्ती । २६ गते : गुरु नानक जयन्ती । २८ गते : विश्व मधुमेह दिवस ।
मेष
स्थान परिवर्तन गरी थालेको व्यवसायले उचाइमा पुर्याउने सम्भावना छ । स–साना समस्या विदेशी साथीहरूको सहयोगबाट निराकरण गर्न सकिनेछ । नयाँ तथा महत्वपूर्ण योजना तर्जुमा गर्न समय खर्चनुपर्नेछ । सामाजिक उत्सवमा सरिक हुँदा समय तथा स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।
वृष
स–साना त्रुटिले मर्यादामा चोट पुर्याउन सक्छन् । आलोचना गर्नेहरू बढी नै भए पनि तपाईंको दृढताका कारण पराजयको सामना गर्नुपर्ने छैन । कर्मचारी वर्गले कार्य सम्पादन गर्दा विशेष होसियार अपनाउनु उचित हुन्छ । खर्चिलो यात्राले मनमा दुविधा उत्पन्न गराउला ।
मिथुन
परिश्रम तथा लगानीअनुसार व्यवसायले साथ नदिन सक्छ । लामो समयदेखि रोकिएका काम बिना झन्झट सम्पन्न हुनेछन् । मन पराएकाहरूले दोहोरो भूमिका निर्वाह गर्दा अलमलमा परिनेछ । भविष्यको चिन्ताले सताउन सक्छ । विदेश भ्रमणको अवसर प्राप्त हुने सम्भावना छ ।
कर्कट
अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । रोजगारीको अवसर प्राप्त हुनेछ । साताको अन्त्यमा भैतिक सुविधाका साधन खरिद हुनसक्छ । विश्वास पात्रलाई वचन दिँदा संयम अपनाउनु होला । सरोकार नभएको विषयले खर्च बढाउनेछ ।
सिंह
विपरीत लिंगीबाट नौलो प्रस्ताव प्राप्त हुन सक्छ । शीघ्र निर्णय गर्दा सुरक्षित भइनेछ । तपाईंलाई प्रयोग गर्नेहरूले भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् । खानपानको समय तालिका फेरबदल हुँदा स्वास्थ्य बाधाले सताउन सक्छ । साताको अन्त्यमा अवरोध निर्मूल भै प्रेरणादायक काम सम्पन्न गरिनेछ ।
कन्या
मझौला किसिमको लगानीबाट धन आर्जन हुनेछ । मन पराउने साथीले दोहोरो कुरा गरी नैराश्यता उत्पन्न गराउन सक्छन् । कुनै पनि कुरामा समय लिएर निर्णय गर्दा लाभ होला । सामाजिक क्षेत्रमा काम गर्ने अवसर जुट्नेछ । साताको अन्त्यमा प्रतिष्ठा प्राप्त गर्न सकिनेछ ।
तुला
विपक्षीले स–साना त्रुटि औंल्याउन सक्छन् । लगानीले गतिलो आम्दानी हात लगाउनेछ । रोकिएका कार्यमा पुन: प्रयत्न गर्दा सफलता प्राप्त होला । पहिरनले अरूको मन लोभ्याउन सकिनेछ । भोजन तथा जीवनचर्यामा ध्यान पुर्याउनुहोला । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्नेछ ।
वृश्चिक
अभिभावकहरूबाट प्राप्त सुझावले अधुरा कार्य पूरा गर्न सहयोग पुर्याउनेछ । नौलो किसिमको उपहार हात लाग्ने सम्भावना छ । मित्रहरूबाट हौसला प्राप्त हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । यात्राको सिलसिलामा दान–पूण्यमा समेत संलग्न भइनेछ ।
धनु
नयाँ तथा पुराना दुवै कामबाट फाइदा मिल्ने देखिन्छ । राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुनसक्छ । विदेशी पहुनासँग भेटघाट हुने सम्भावना छ । स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला । वैदेशिक काममा लगानी गर्दा अभिभावकहरूको रुचिको ख्याल गर्नुहोला ।
मकर
प्रतिस्पर्धाबाट सफलता प्राप्त हुनेछ । तपाईंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । साथीहरूबाट प्राप्त सुझावले फाइदा नै पुर्याउनेछन् । नीलो रंगको अनुसरणले शुभ संकेत प्राप्त भै कामहरूमा सफलता हासिल गर्न सकिनेछ । आवेशमा गरिएका कामले सोचे जस्तो परिणाम नदिन सक्छ ।
कुम्भ
उच्चपदस्थ अधिकारीहरूसँग घनिष्ठ सम्बन्ध भै लाभ प्राप्त गर्न सकिनेछ । शिर तथा आँखासम्बन्धी रोगले धन खर्च गराउने सम्भावना छ । घरायसी व्यवहार गर्दा विशेष होस पुर्याउनुहोला । भोज–भतेरमा सहभागी हुँदा आफ्ना बहुमूल्य सरसामानप्रति निगरानी राख्नुहोला ।
मीन
साता प्रेरणादायक रहनेछ । नौला अवसर सिर्जना भै अनौठो अनुभव गर्न पाइनेछ । नयाँ स्थानको भ्रमण पनि होला । रातो रंग प्रयोग गर्नाले परिणाममुखी नतिजा हात लाग्न सक्छ । रोजगारीको नयाँ क्षेत्रबाट लाभ लिन सकिनेछ । सवारी साधन चलाउँदा होसियारी अपनाउनु पर्ने छ ।