साप्ताहिक संवाददाता
कार्तिक २२, २०७६
छायाँकारबाट चलचित्र निर्देशकका रूपमा पदार्पण गरेका हरि हुमागाईंको पहिलो चलचित्र सरौतो प्रदर्शनका लागि तयार छ । यही चलचित्रबाट मोडल सुमी मोक्तान अभिनेत्रीका रूपमा दर्शकमाझ आउँदैछिन् । निर्देशक हुमागाईंले अभिनेत्री मोक्तानको मूल्यांकन यसरी गरेका छन् ।
कन्फिडेन्ट
उनी काममा मेहनत गर्छिन् । जस्तोसुकै भूमिकामा पनि प्रशस्त आत्मविश्वास देखाउँछिन् ।
अभिनय
पहिलो चलचित्रमै उनले अभिनयमा राम्रो सम्भावना देखाएकी छिन् भने उनी भर्सटायल पनि छिन् ।
एक्सन
प्राय:जसो अभिनेत्री एक्सन दृश्यमा कमजोर मानिन्छन् । यद्यपि सुमीले यो कुरालाई गलत साबित गरिदिएकी छिन् ।
टाइमिङ
समयलाई महत्व दिनु उनको सकारात्मक पक्ष हो ।
तथ्यपरक
उनी कहिल्यै झूटो बोल्दिनन् भने कुनै कुरा मनमा राख्दिनन् ।