साप्ताहिक संवाददाता
कार्तिक २३, २०७६
पोखरामा आज शनिबार च्यारिटी सांगीतिक साँझको आयोजना हुँदैछ, जसमा गायक सनुप पौडेल, गायिका सिमा संग्रौला, अस्ट्रेलियामा बसोबास गर्ने केनेड प्रधान आदिको प्रस्तुति रहनेछ ।
लेकसाइडको रोलिङ स्टोन रक बारमा दिउँसो ३ बजे प्रारम्भ हुने यो कार्यक्रम ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना निर्माणमा सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको कुरा बताइएको छ ।