साप्ताहिक संवाददाता
कार्तिक २३, २०७६
गत आइतबार लस एन्जल्सको बेवर्ली हिल्समा वितरण गरिएको २३ औं हलिउड फिल्म एवार्ड समारोहमा यो वर्षको सर्वाधिक सफल चलचित्र एभेन्जर द इन्डगेमलाई ब्लकबुस्टर एवार्ड प्रदान गरिएको छ । यो एवार्ड उक्त चलचित्रलाई चलचित्र इतिहासमै सर्वाधिक आम्दानी गर्ने चलचित्रको श्रेणीअन्तर्गत प्रदान गरिएको हो ।
उक्त समारोहमा चार्लिज थेरोनलाई हलिउड करियर एचिभमेन्ट एवार्ड प्रदान गरिएको थियो भने हलिउड एक्टरको एवार्ड पेन एन्ड ग्लोरी चलचित्रका लागि एन्टेनियो ब्यान्डरसलाई तथा हलिउड एक्ट्रेसको एवार्ड जुडी गार्लेन्डको बायोपिकमा आधारित चलचित्र जुडीका लागि रेनी जेल्बेगरलाई प्रदान गरिएको थियो ।
यसैगरी सपोर्टिङ हलिउड एक्टरको एवार्ड द आइरिस म्यानका लागि अल पचिनोलाई तथा सपोर्टिङ हलिउड एक्ट्रेसको एवार्ड म्यारिज स्टोरीका लागि लाउरा डर्नलाई प्रदान गरिएको छ ।