साप्ताहिक संवाददाता
नशा लागू पदार्थको हुन्छ सबैलाई थाहा छ, तर शारीरिक सम्पर्क राख्ने पनि नशा हुन्छ भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । यस्तै किसिमको नशावाट गुज्रिरहेकी सेफिल्डकी ३० वर्षीया लाउरी जाडे उडरुफ अहिले मनोबैज्ञानिक परामर्श लिइरहेकी छिन् ।
१२ वर्षको उमेरमा कुमारीत्वभंग भएकी लाउरीलाई दिनहुँ फरक–फरक पुरुषसँग शारीरिक सम्बन्ध राख्ने नशा लागेको छ । उनले पछिल्लो केही समय दिनहुँ फरक–फरक पुरुषसँग सम्बन्ध राखिन् र त्यसमा कोही पनि दोहोरिएनन् । लाउरीको अनुमानअनुसार उनले २ सय भन्दा बढी पुरुषसँग सम्बन्ध बनाइन् ।
पछि उनले शारीरिक सम्बन्ध राखेका पुरुषहरूको संख्या गणना गर्न पनि छोडिन् । उनी कुनै पनि डेटिङ एप प्रयोग नगरी पुरुषहरूको खोजी गर्थिन् । त्यसका लागि उनी सामाजिक संजालका विभिन्न प्लेटफर्म प्रयोग गर्थिन् । आफ्ना केही कामोत्तेजक तस्बिर अपलोड गरेपछि त्यसमा आउने प्रतिक्रियाका आधारमा उनी आफ्नो बेड पार्टनर छनौट गर्थिन् ।