साप्ताहिक संवाददाता
सुशील श्रेष्ठ स्टारर चलचित्र ‘लभ डायरिज’को सम्पुर्ण छायांकन सकिएको छ । निर्माण टिमले छायांकन सकाउँदै प्रदर्शन मिति समेत तय गरेको छ ।
यो चलचित्र अब आगामी फागुन २ अर्थात भ्यालेनटाइन डे का अवसरमा सार्वजनिक हुनेछ । छायाँकन अन्तर्गतको अन्तिम गीत आइतबार हायात होटल परिसरमा खिचिएको थियो । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको ‘छम छम छम’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर सुन्न सकिनेछ ।
सौरभ चौधरी निर्देशित प्रेम कथानक चलचित्र ‘लभ डायरिज’मा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रको ‘सुन्यौँ की सुनेनौँ’ बोलको रोमान्टिक नम्बर रिलिज भैसकेको छ । जसलाई दर्शकले मन पराएका छन् ।
संजय लामाले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । मधु बास्तोलाको कथा र पटकथा रहेको चलचित्रमा सम्पादक साहिल खानले सह–निर्देशकको काम सम्हालेका छन् ।
विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधरको समेत लगानी छ ।