साप्ताहिक संवाददाता
नेपालका नम्बर एक पुरुष टेबल टेनिस खेलाडी हुन्— सान्टु श्रेष्ठ । उनी १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने नेपाली राष्ट्रिय टेबल टेनिसका लागि छनौटसमेत भैसकेका छन् । भाग्यमानी सान्टु अन्तिम समयमा आएर छनौट भएका हुन् ।
त्यसअघिसम्म तय जस्तै देखिएको थियो, उनले यसपटक नेपालका लागि दक्षिण एसियाली खेलकुद खेल्न पाउने छैनन् । खासमा भएको के थियो भने केही साताअघि मात्र उनी सानो दुर्घटनामा परेका थिए र त्यसले उनको खेलमा केही दिनका लागि विराम लगाइदिएको थियो ।
मोटरसाइकल दुर्घटनामा परेपछि उनी केही दिन आराम गर्न बाध्य भए र झन्डै–झन्डै दक्षिण एसियाली खेलकुद पनि गुमाउनु पुगेका थिए । यद्यपि त्यसका लागि सान्टुको छनौट भएपछि उनलाई भाग्यमानी नभने कसलाई भन्ने ? सान्टुको सबैभन्दा ठूलो सपना नै दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाउनु हो ।