राजु लामाको नयाँ गीत ‘विस्तारै विस्तारै’ 

- साप्ताहिक संवाददाता

कार्तिक २७, २०७६

लोकप्रिय गायक राजु लामा नयाँ गीत लिएर स्रोता–दर्शक माझ आएका छन् । उनले  ‘विस्तारै विस्तारै’ बोलको नयाँ गीत मंगलबार साँझ आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । 

थाहै नपाई मायामा पर्ने यथार्थलाई प्रस्तुत गरिएको उक्त गीत डिपी खनालले लेखेका हुन् । गीतमा मनोज थापा मगरले संगीत गरेका छन् । 

गीतको भिडियोमो गायक राजु स्वयम् फिचर्ड छन् भने उनको अपोजिटमा नैना थापा छिन् । भिडियो निर्देशन छेवाङ्ग लामाले गरेका छन् । राजु जारी सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चार कोच मध्येका लोकप्रिय एक हुन् । 

गीतको म्यूजिक भिडियो :

प्रकाशित :कार्तिक २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×