साप्ताहिक संवाददाता
कार्तिक २७, २०७६
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल नभएको पनि धेरै भयो । भुकम्पयता त्यहाँ फुटबल हुन सकेको छैन । अब लामो प्रतीक्षापछि नेपाली फुटबल प्रेमीले त्यहाँ खेल हेर्न पाउनेछन् । अवसर हो— मंसिर ३ मा हुने नेपाल र कुवेतबीचको एसियाली छनौट खेल । त्यसका लागि अहिले धमाधम तयारी चल्दैछ ।
त्यसो त आसन्न दक्षिण एसियाली खेलकुदका लागि पनि दशरथ रंगशालाको पुनर्निर्माण चलिरहेको छ । त्यसको पहिलो परीक्षण भने यही प्रतिस्पर्धाबाट हुनेछ । एसियाली फुटबलकै महाशक्ति कुवेतले नेपालको सामना गर्दा दशरथ रंगशालामा हुने खेल फ्लड लाइट्समा हुनेछ । भनिरहनु पर्दैन, त्यो दिन नेपाली फुटबलका लागि विशेष हुनेछ ।