साप्ताहिक संवाददाता
लभ बाइट्स समर्पित प्रेमको पहिचान हो । यो आफू र आफ्ना प्रिय–प्रियसीबीचको रोमाञ्चक क्षणको साक्षी हो । यसले संसारलाई आफूहरूबीचको प्रगाढताका बारेमा जानकारी दिन्छ । धेरैजसो मानिस आफ्नो निजी जीवनलाई सार्वजनिक गर्न चाहँदैनन्, त्यसैले उनीहरू आफ्नो लभ बाइट्स लुकाउँछन् । यद्यपि यो दुई प्रेमीबीचको रोमान्सको अनुपम क्षण हो, जसका लागि कसैले पनि असहज महसुस
गर्नु पर्दैन ।
कसरी बन्छ लभ बाइट
मानव शरीरको गर्दन, छाती, काँध र जाँघको भित्री हिस्सा अत्यन्त संवेदनशील हुन्छ । यदि ती स्थानमा अत्यधिक दबाब दिइयो भने दबाबका कारण कोशिकाहरू प्रभावित हुन पुग्छन् र त्यहाँ डाम बस्छ । यस्ता लभ बाइट बन्नुको कारण ती स्थानका रक्त कोशिका प्रभावित हुनु हो ।
कसरी दिने परफेक्ट लभ बाइट
परफेक्ट लभ बाइटका लागि केही मेहनत गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले फोरप्लेबाट आफ्नो साथीलाई उत्तेजित गराउनुपर्छ । त्यसबीच लभ बाइट कुन स्थानमा दिने निर्णय गर्नुपर्छ । यदि लभ बाइट लुकाउन चाहने हो भने छाती वा काँध उपयुक्त स्थान हुन्छ तर कुनै समस्या छैन भने लभ बाइटका लागि सबैभन्दा उचित स्थान गर्दन हो ।
रोचक कुरा
लभ बाइट दुई सातासम्म रहन सक्छ । यस विषयमा गरिएको अनुसन्धान अनुसार यसको प्रभाव कति समयसम्म रहन्छ भन्ने कुरा यो कति गहनताका साथ गरिएको हो र यौनसाथीको स्वास्थ्य स्थिति कस्तो छ भन्ने कुरामा निर्भर रहन्छ ।
यदि हल्का दबाब वा घर्षणले शरीरमा नीलो वा कालो दाग बस्छ भने यसले शरीरमा रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेट्सको कमी छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसबाहेक जसको शरीरमा आइरनको कमी हुन्छ उसको शरीरमा पनि छिट्टै लभ बाइट बस्छ ।
वात्स्यायनले कामसूत्रमा आठ प्रकारका लभ बाइट्सका बारेमा उल्लेख गरेका छन् ।
अधिकांश व्यक्ति लभ बाइट लुकाउन चाहन्छन्, तर यसको प्रभाव हटाउन केही समय लाग्छ । त्यसको कारण लभ बाइट्सको प्रभाव छालाको बाहिरी हिस्सामा नभै भित्री हिस्सामा समेत उपस्थित हुनु हो ।