साप्ताहिक संवाददाता
कार्तिक २७, २०७६
गत भदौमा चलचित्र ‘पासवर्ड’ निर्माण गरेको थियो, एबी इन्टरनेशनल प्रा.लि.ले । सोहि कम्पनीले अब चलचित्र वितरणमा पनि हात हाल्ने भएको छ ।
आगामी शुक्रबार प्रदर्शन हुने बलिउड चलचित्र ‘मरजावां’बाट यो कम्पनिले वितरणको काम समेत सुरु गरेको कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा एबी इन्टरनेशनलले नेपालीसँगै बलिउड र हलिउड चलचित्र वितरण गर्नेछ । यससँगै यो कम्पनीले बर्षमा दुईवटा चलचित्र निर्माण गर्ने कम्पनिका प्रबन्ध निर्देशक अजित कुमार थापाले बताए ।
यो कम्पनीले चलचित्र ‘सम्हालिन्छ कहिले मन’ निर्माण गरिसकेर प्रदर्शन हुने तयारीमा छ ।