साप्ताहिक संवाददाता
कार्तिक २८, २०७६
चलचित्र वितरक कम्पनि रिच इन्टरटेनमेन्टले समाजसेवाको क्षेत्रमा समेत हात हालेको छ । यसका अध्यक्ष करण श्रेष्ठले बुधवार एउटा विज्ञप्ती जारी गर्दै समाजसेवाको क्षेत्रमा पाइला चालेको उल्लेख गरेका छन् ।
क्रेजीले जारी गरेको विज्ञप्ती अनुसार उनले चलचित्रकर्मी उद्धव पौडेलको नाममा स्थापना भएको उद्धव पौडेल फाउन्डेसनलाई आर्थिक सहयोग उपलब्ध गराउने भएका हुन् । यही मंसिर १३ गतेदेखि प्रदर्शन हुने नेपाली चलचित्र लभ यू हमेशाको प्रदर्शनबाट आएको कमिसनको सम्पूर्ण उक्त फाउन्डेसनलाई हस्तान्तरण गर्ने श्रेष्ठले जनाएका हुन् ।
‘यो वर्ष उक्त फाउण्डेसनबाट सहयोगको थालनी गरेको हुँ, अर्को वर्ष कुनै अर्कै संस्थालाई सहयोग गर्नेछु, वितरक श्रेष्ठ भन्छन् समाजसेवाको लागि मैले एउटा सानो प्रयासका थालनी मात्र गरेको हुँ ।