साप्ताहिक संवाददाता
कार्तिक २९, २०७६
रोेहितजंग क्षेत्रीको प्रशंसक हुनुहुन्छ भने एउटा खुसीको खबर छ । काठमाडौं, हात्तीसारस्थित सिम्फोनी लाउन्ज एन्ड बारमा आज शुक्रबार रोहितले सांगीतिक प्रस्तुति दिंदैछन्, जसमा गायक डेभिड गुरुङ तथा डिजे बोबीले उनलाई साथ दिनेछन् ।
यो कार्यक्रममा लाइभ म्युजिकको रमाइलोसँगै ड्रिंग्स तथा फुडको मज्जा पनि लिन सकिनेछ । कार्यक्रम साँझ ७ बजे प्रारम्भ भएर राति १२ बजेसम्म चल्ने बताइएको छ । यो इभेन्टमा प्रवेश गर्न कुनै शुल्क तिर्नु पर्दैन ।