साप्ताहिक संवाददाता
चलचित्र नाईं नभन्नु ल– ५ बाट नेपाली रजतपटमा उदाएका अभिनेताको नाम हो– अभिषेक नेपाल । उनले उक्त चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काको जोडीका रुपमा काम गरेका थिए । पहिलो चलचित्रबाटै मध्यम प्रतिकृया बटुलेका अभिनेता अभिषेकको दोस्रो चलचित्र रिलिजको तयारीमा छ ।
उनले पछिल्लो पटक अभिनय गरेको चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक समेत सार्वजनिक भएको छ । जोन योञ्जनले निर्देशन गरेको यो चलचित्र मंसिर २७ देखि अल नेपाल प्रदर्शनको प्रचारमा रहेको छ ।
निर्देशक स्वयमको कथा रहेको यो चलचित्रले ३ बेरोजगार युवाको कथालाई प्रस्तुत गर्ने छ । अभिषेकले पनि यो चलचित्रको शिर्ष भूमिकामा रहेर एक बेरोजगार युवाको भूमिका निर्वाह गरेका छन् । पहिलो चलचित्रबाटै प्रशंसा बटेलेका अभिषेक आफ्नो दोस्रो चलचित्रलाई लिएर निक्कै आशावादी देखिन्छन् । उनले सबैलाई आफ्नो दोस्रो चलचित्र हेरेर प्रतिकृया दिन समेत सबैलाई आग्रह गरेका छन् ।
यो चलचित्रमा अभिषेकका साथमा समिर श्रेष्ठ, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाल, अभोन राजलगायतका कलाकारले अभिनय गरेका छन् । ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा बनेको चलचित्रमा रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानी रहेको छ ।
१२ सत्ताईसको ट्रेलर :