राजाराम गौतम ‘साप्ताहिक’का सम्पादक

- साप्ताहिक संवाददाता

कार्तिक २९, २०७६

कान्तिपुर मिडिया गु्रप अन्तर्गत ‘साप्ताहिक’ र ‘नारी’ मासिकको सम्पादकमा राजाराम गौतम नियुक्त भएका छन् ।

साप्ताहिक तथा नारीका सम्पादक सुवास ढकालले दिएको राजिनामा स्वीकृत गर्दै कान्तिपुर पव्लिकेसन्स संचालक समितीले गौतमलाई नयाँ सम्पादकको जिम्मेवारी सुम्पिएको हो ।

आज शुक्रवार आयोजित एक कार्यक्रमका बिच पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले गौतमलाई स्वागत गरे । ढकाललाई विदाई गरे । गौतम यसअघि नेपाल र कान्तिपुरमा काम गरिसकेका छन् । यसअघि उनी अन्नपुर्ण दैनिकको सम्पादकको रुपमा कार्यरत थिए ।

सम्पादकको जिम्मेवारी ग्रहण गरेसँगै गौतमले साप्ताहिक तथा नारीलाई समयानुकुल अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । सुवास ढकाल झण्डैं २५ बर्ष सम्पादकको रुपमा काम गरि बिदा भएका हुन् ।

प्रकाशित :कार्तिक २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×