साप्ताहिक संवाददाता
अभिनेता अनमोल केसीले जिप कम्पास किनेका छन् । जिप कम्पास नेपाली बजारमा मात्र नभएर अन्य देशमा समेत निकै रुचाइएको गाडी हो । जिप कम्पास आफूलाई निकै मन परेको र त्यसैले यसलाई रोजेको अनमोलले बताएका छन् ।
‘खासमा जिप ब्रान्डकै कारण मैले जिप कम्पासलाई आफ्नो यात्राको साथी रोजेको हुँ । यो एसयुभी नेपाली सडक अनुकूल छ । म जिप कम्पासको कठोरता, क्षमता एवं ‘म्यान्ली अपियरेन्स’बाट निकै प्रभावित छु,’ गाडीको डेलिभरी लिँदै अनमोल केसीले भने, ‘सुटिङका लागि म धेरैजसो काठमाडौं उपत्यका बाहिर यात्रा गरिरहेको हुन्छु । अब मेरा सबै गन्तव्यमा जिप मेरो साथमा हुनेछ । म जहाँ गए पनि जिप कम्पासमै जानेछु ।’
‘ए मेरो हजुर–३’को सुटिङदेखि नै अनमोल जिपकम्पास प्रति मोहित थिए । उक्त चलचित्रमा कम्पासको सिन पनि समावेश थियो । ‘आफ्नै जिप कम्पास चढ्ने मेरो इच्छा पूरा भएको छ,’ केसीले भने ।
जिप कम्पास पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध छ । यसको डिजेल भर्सन २.० लिटल मल्टिजेट टर्बोचाज्र्ड इन्जिनमा उपलब्ध हुन्छ जसले अधिकतम १७० बीएचपी पावर तथा ३५० एनएम टर्क उत्पन्न गर्छ । यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन जडान गरिएको छ ।
त्यसैगरी, पेट्रोल भर्सनमा १.४ लिटर टर्बो युनिट छ जसले १६० बीएचपी बराबरको अधिकतम पावर तथा २५० एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । पेट्रोलमा ६ स्पिड म्यानुअल तथा ७ स्पिड ट्विन क्लच अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ ।
जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड तथा ट्रेलहक ट्रिममा उपलब्ध छ । डिजेल अटोमेटिक इन्जिन जडान गरिएको ट्रेलहक भेरियन्ट गएको नाडा अटो शोमा सार्वजनिक गरिएको थियो । यसमा २.० लिटरको टर्बोचाज्र्ड डिजेल इन्जिन छ जसले १७० बीएचपीपावर तथा ३५० एनएम टर्क उत्पन्न गर्न सक्छ । नेपालमा जिप कम्पासको मूल्य ७३ लाख ९० हजार रुपैयाँदेखि १ करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।