साप्ताहिक संवाददाता
साल्सा डान्सले नेपाली युवायुवतीहरूबीच महत्वपूर्ण स्थान पाउँदै गएको छ । केही समययता देशका मुख्य सहरहरूमा साल्सा डान्स गर्ने तथा सिक्ने लहर नै चल्न थालेको छ । पहिले बेलाबेला कुनै खास इभेन्टमा मात्र स्थान पाउने यो नृत्य अहिले विवाहको रिसेप्सन पार्टीदेखि लिएर अन्य रमाइला अवसरहरूमा समेत देखा पर्न थालेको छ ।
साल्सा डान्स केटा र केटी दुई जना मिलेर नाचिन्छ जसमा केटाले लिड गर्छ भने केटीले फलो गर्छिन् ।नाच्न नजान्ने मानिसहरू साल्सा डान्स सिकेर आफूलाई सामाजिक बनाउन चाहन्छन् । आफ्नो पर्सनालिटी मेन्टेन गर्न पनि साल्सा सिकिने साल्सा डान्स एकेमेडीका प्रशिक्षक विनायक दास श्रेष्ठ बताउँछन् ।
साल्सा डान्सले समयसँगै अघि बढ्न सहयोग गर्ने, मानिसलाई स्वस्थ राख्नुका साथै अनुशासितसमेत बनाउँछ– श्रेष्ठ भन्छन् । साल्साको अन्र्तराष्ट्रिय कोर्स १ सय ५० घण्टाको हुन्छ ।