सेलिब्रेटी दौड प्रतियोगितामा बिनिता र सुरज बिजयी

- साप्ताहिक संवाददाता

मंसिर १, २०७६

नेपाल चलचित्र कलाकार संघ र कान्ति सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छता तथा भ्रमण बर्ष २०२० लाइ प्रबर्धन सयोगार्थ चलचित्र कलाकार, मोडल,  र गायक गायिका बीच ३ किलोमिटर सडक दौड (सेलिब्रेटी दौड प्रतियोगिता) भव्यताको साथ् सम्पन्न भएको छ । 

सेलिब्रेटी दौड प्रतियोगितामा पुरुषमा गायक सुरज पण्डित  र महिलामा गायिका बिनिता स्याङ्तान बिजेता बन्न सफल भएका छन् । त्यसैगरी महिला तर्फ नायिका पवित्रा आचार्य फस्र्ट रनरअप र मोडल अस्मिता जुरेली सेकेन्ड रनरअप बनेका थिए भने पुरुष तर्फ फस्र्ट रनरअप धनु ज्ञान्मी र सेकेण्ड रनरअप एस राज राजकुमार श्रेष्ठ भएका छन् । प्रतियोगिताका बिजेताहरुलाई नगद रु. ५०,०००, ३२,०००, र २०,००० सहित ट्रफी र मेडल प्रदान गरिएको थियो । 

नेपाल चलचित्र कलाकार संघका कार्यवहाक अध्यक्ष सानु ताम्राकारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व गृह मन्त्रि माननीय जनार्जन शर्मा, बिसेष अतिथिहरुमा बरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, माननीय दिपक निरौला लगायतका बिशिस्ट व्यक्तित्वहरु रहेको थिए ।  

सोहि अवसरमा बरिष्ट गायक तथा समाजसेवी जगत मर्दन थापा, बरिष्ट संगीतकार शम्भुजित बास्कोटा, चलचित्रकर्मी नरेन्द्र खड्का, बरिष्ट हास्य अभिनेत्री लक्ष्मी गिरी,  बरिष्ट कलाकार मदनदाश श्रेष्ठ, चलचित्र कलाकार जय श्रेष्ठ, चलचित्र कलाकार टिका पहारी, कलाकार लक्ष्मण बस्नेत, बरिष्ट चलचित्रकर्मी हरिहर शर्मा,  महिला उद्धमी लक्ष्मी शर्मा, बरिष्ट चलचित्रकर्मी स्मारिका श्रेष्ठ  र  बरिष्ट बालरोग बिसेषज्ञ डा.शान्त चन्द्र शाक्यलाइ सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले चलचित्र कलाकार संघले पछिल्लो समय कलाकारहरुको हकहितको लागि आवाज उठाउँदै आएको र सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएको र  अहिले भारतले नपाल माथि गरेको हस्तक्षेप तथा सिमा बिबादलाइ तुरुन्त कुटनीतिक पहल गर्नु पर्ने सम्पूर्ण कलाकारहरुको माग रहेको बताएका छन् ।

 

प्रकाशित :मंसिर १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×