साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक भएको छ । यहि मंसिर १३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालको आफ्नै जीवनमा घटेको घटनामा आधारित भई यथार्थपरक कथाबस्तुमा नारी बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दु:ख पीडालाइ समेटिएको चलचित्रमा अभिनेता जयकिशन बस्नेतले हसाउँछन भने मखमली बनेकि शुभेच्छा थापाले कारुणीक अभिनय गरेको निर्माण पक्षले जनाएको छ ।
राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । मखमली मखमलीको कथासागै गीत पनि निर्माता सावित्रा चिलुवाललेनै लेखेकी हुन् ।
बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईंको छायांकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।
चलचित्रको ट्रेलर :