साप्ताहिक संवाददाता
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले चार खुट्टा भएको यस्तो रोबोट बनाएको छ, जसले एक सेकेन्डमा ३० पाइला चाल्न सक्छ । यसका साथै उक्त रोबोट १४ किलोमिटर प्रतिघण्टाको स्पिडमा दौडन सक्छ । उक्त रोबोटको नाम ‘मिनी चितुवा’ राखिएको छ ।
हालै उक्त रोबोटले फुटबल खेलेको भिडियो समेत सार्वजनिक भएको छ । यो रोबोट कुनै पनि स्थितिमा सीधा हुन सक्छ र सन्तुलन गुमाए पनि अगाडि वा पछाडि सरेर फेरि दौडिन सक्छ । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर सेंगबेई किमले युट्युबमा अफ्रिकी चितुवा देखेपछि त्यसैबाट प्रभावित भएर आफ्ना विद्यार्थीलाई त्यस्तै रोबोट बनाउन लगाएको बताइन्छ ।
यद्यपि अफ्रिकी चितुवा र मिनी चितुवाको स्पिडमा १० गुणा फरक छ । त्यसैगरी यो रोबोट लड्दा फेरि सीधा गराउन चुनौतीपूर्ण हुने र हावामा ३ सय ६० डिग्री घुमाउन पनि कठिनाइ हुने बताइएको छ ।