साप्ताहिक संवाददाता
विश्वमा बढिरहेको प्रदूषणलाई ध्यानमा राखेर मेभोक्सलेले एयर प्युरिफायर हेलमेट लन्च गरेको छ । मेभोक्सले हाललाई एफएक्स३०० म्याक्स (मोनो) तथा एफएक्स३० म्याक्स डी१पी (ग्राफिकल) हेलमेट बजारमा उतारेको छ ।
उक्त हेलमेट भारतीय मात्र नभई युरोपियन सुरक्षा मापदण्डअनुसार निर्माण गरिएको बताइन्छ । यो हेलमेटमा ९३ प्रतिशतसम्म प्रदूषण रोक्ने क्षमता भएको कम्पनीले दाबी गरेको छ । यो हेलमेट एक्टिभेटेड कार्बन एयर फिल्टरयुक्त छ । एक्टिभेटेड चारकोलले हावामा भएको खराब एयरबर्न पार्टिकल्स, केमिकल तथा ग्याँस सोस्छ र फेरि हावामा मिसिन दिँदैन । यसको एयर फिल्टरलाई निकालेर सफा समेत गर्न सकिन्छ ।
नेपाली बजारमा पनि केही महिनादेखि सत्यदीप इन्टरनेसनलले मेभोक्सका हेलमेट बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा एफएक्स३०० म्याक्स (मोनो) को मूल्य ४ हजार ७ सय ४५ रुपैयाँ तथा म्याक्सको मूल्य ५ हजार १ सय २८ रुपैयाँ पर्ने बताइएको छ ।