साप्ताहिक संवाददाता
नेपाली कविता साहित्यमा लोकप्रिय नाम हो– हेम प्रभास । ‘शहर पसेको मानिस’, ‘गीतै गीतको गाउँ’, ‘पहाड बोकेर पहाड तिर’ लगायतका कविता संग्रह प्रकाशन गरेका हेमले ‘उल्झन’ नामक उपन्यास समेत प्रकाशन गरिसकेका छन् ।
उनै कवि हेम प्रभास पछिल्लो समय निर्देशनमा निक्कै जमेका छन् । कविता विधाका प्रिय हेम एक कवितालाई दृष्णङ्कन गरेसँगै निर्देशनमा बाक्लै रुपमा देखा परेका छन् । यसै साता मात्रै उनले निर्देशन गरेका २ म्यूजिक भिडियोहरु सार्वजनिक भएका छन् ।
उनले यसअघि बुझ्नै सकिनँ, तिमी नै तिमी, परदेश बस्ने, चाँदनीमा नुहाएर, हावाको झोँका, आज म तिमीलाई, किन आउँछ याद, देशको माया गर्नेहरू लगायत दर्जनभन्दा बढी गीतहरूको भिडियो निर्देशन गरिसकेका छन् ।
‘एक्लो गदास जवानी’ र ‘मै छोरीलाई गर्भमा नै’ बोलका २ गीतका म्यूजिक भिडियोमा हेमको निर्देशन कला देख्न सकिन्छ । दुबै गीत अग्रज गीतकार कालीप्रसाद रिजालले लेखेका हुन् । दुबै गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् ।
‘एक्लो उदास जवानी’ बोलको गीतको म्यूजिक भिडियोमा अग्रज कलाकार मोहन निरौंलाका साथमा मोडल उषा खनालले अभिनय गरेकी छिन् । यता ‘मै छोरीलाई गर्भमा नै’ बोलको गीतको म्यूजिक भिडियोमा भने सिर्जना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती लगायतका कलाकारले अभिनय गरेका छन् ।
म्यूजिक भिडियोमा फरक शैली प्रस्तुत गरेका कारण पनि हेमको निर्देशकिय क्षमता पछिल्लो समय कविता जस्तै लोकप्रिय बन्दै गएको छ ।
यसै साता उनले निर्देशन गरेको अर्को म्यूजिक भिडियो पनि सार्वजनिक हुने हेमले सुनाए । अग्रज गीतकार राजेन्द्र थापाको शब्द रहेको ‘गन्र्या हो लप्पन छप्पन’ बोलको गीतको म्यूजिक भिडियो तयार भैसकेको छ, हेमले भने –‘गीतमा मीना निरौला र सन्तोष अधिकारीको स्वर तथा संन्तोष श्रेष्ठको संगीत समावेश छ ।’