ठमेलको नाइट क्लबमा पूर्वराजाको डान्स

- साप्ताहिक संवाददाता

मंसिर २, २०७६

पूर्व राजा ज्ञानेन्द्र शाहप्रति सुभेच्छुकहरुको सद्भाव अझै घटेको छैन । कहिलेकाहिँ एयरपोर्टमा भेटिएको बेला होस्, दशैमा टिका लगाएको बेला होस् या अन्य बेला । उनका प्रशंसकहरु नघटेको महशुस गर्न सकिन्छ ।

सार्वजनिक कार्यक्रम, सभा तथा समारोहमा एकदमै कम उपस्थित हुने पुर्वराजा शाह यसै हप्ता ठमेलस्थित नाइट क्लबमा नृत्य गरेको भेटियो । ठमेलस्थित क्लव ‘एलओडी’ मा उनले नृत्य गरेको भिडियो सामाजिक सन्जालहरुमा यतिबेला भाइरल भैरहेको छ । उक्त क्लबमा मध्यरात अकस्मात पुगेका थिए उनी । केहि घण्टा क्लबमा बिताएका उनले केहि मिनेट नृत्य समेत गरे । उनले उपस्थित दर्शकसँग हात समाउँदै नाचेका छन् ।

पूर्व राजा ज्ञानेन्द्रका साथमा पूर्वयुवराज्ञी हिमानी शाह साथै बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिएका थिए । पुर्वराजाको नृत्यसँगै उपस्थित दर्शकले खुलेरै रमाइलो गरेका थिए ।

प्रकाशित :मंसिर २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×