साप्ताहिक संवाददाता
मंसिर २, २०७६
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र मिस्टर नेपालीमार्फत कुसुम राउत र साहिल श्रेष्ठ नेपाली रजतपटमा नवअभिनेता–अभिनेत्रीका रूपमा डेब्यू गरेका छन् । अभिनेत्री कुसुमबाट साहिलको मूल्यांकन :
जिज्ञासु
उसलाई मैले निकै जिज्ञासु पाएँ । आफूले नजानेको र नबुझेको कुरा सोधिरहन्थ्यो ।
मेहनती
साहिल काममा मेहनती छ । ऊ हरेक काम गर्न इच्छा देखाउँछ । काममा डेडिकेसन छ ।
साइलेन्स नेचर
साइलेन्स नेचरको छ । हूल तथा हल्लामा भन्दा एक्लै बस्न मन पराउँछ ।
मिलनसार
साहिल मिलनसार लाग्यो । साइलेन्स नेचरको भए पनि जो–कसैसँग घुलमिल हुनसक्छ ।
समयपालक
ऊ हरेक दिन सुटिङमा समयमै आइपुग्थ्यो । उसका कारण सुटिङमा ढिलाइ भएन ।