साप्ताहिक संवाददाता
मंसिर ३, २०७६
टेक्नोलोजी न्युज वेबसाइट टेकक्रन्चले ह्याकरहरूको निशानामा भएका १० एन्ड्रोइड स्मार्टफोनको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा सामसुङ ग्यालेक्सी एस–८ प्लस, सामसुङ ग्यालेक्सी एस थ्री, सामसुङ नोट–२, हुवावे पी–८ लाइट, हुवावे नेक्सस–६ पी, गुगल पिक्सेल–२, एलजी जी–३, एलजी नेक्सस–५, मोटोरोला नेक्सस–६ तथा एचटीसी डिजायर–१० लाइफस्टाइल छन् ।
यी स्मार्टफोनमा भएका विभिन्न कमजोरीको फाइदा उठाउँदै ह्याकरहरूले आईएमईआई नम्बर हासिल गर्ने, कल रोक्ने, कुनै अर्को नम्बरमा कल फरवार्ड गर्ने, कलिङ फिचरलाई ब्लक गर्ने वा इन्टरनेट एक्सेस बन्द गर्ने आदि काम गर्छन् । सेक्युरिटी रिसर्चरहरूका अनुसार ह्याकरहरूले ब्लुटुथ तथा यूएसबी एसेसरिज प्रयोग गरी स्मार्टफोनलाई आफ्नो सिकार बनाउँछन् ।