साप्ताहिक संवाददाता
मंसिर ३, २०७६
फुटबलमा कति राजनीति हुन्छ, त्यसको राम्रो उदाहरण भयो, नेपाल र कुवेतबीच हुने विश्वकप छनौटको खेल हुने स्थल । खासमा मंसिर ३ गते दशरथ रंगशालामा खेल हुनुपर्ने हो, तर त्यो समयमै तयार नहुने निश्चित भयो । यस्तोमा न्युट्रल भेन्युका रूपमा नेपालले भुटानको थिम्पुस्थित चाङलिथिमाङ रंगशाला रोजेको थियो ।
सुरुमा कुवेतले यसलाई मानेन । भुटान उपयुक्त रोजाइ होइन भनेर धेरै तर्क प्रस्तुत गर्ने प्रयास गर्यो । त्यति मात्र नभएर कुवेतले यो खेल अरबकै कुनै देशमा हुनुपर्छ भनेर समेत दाबी गर्यो । नेपाल पनि के कम ? नेपालले पनि जिद्दी छाडेन । अन्त्यमा नियम अनुसार खेल भुटानमै हुने भयो । एसियाली फुटबल महासंघ नै उक्त खेल भुटानमा गर्न राजी भयो ।