साप्ताहिक संवाददाता
सन् २०१६ को ओलम्पिक प्रतियोगितामा नेदरल्यान्डका तर्फबाट ४ गुणा ४ सय मिटर रिलेमा सहभागिता जनाएकी धाविका शक्तिवद्र्धक औषधी ओसारपसारको अभियोगमा पक्राउ परेकी छिन् । २७ वर्षीया धाविका माडिया घाफोरलाई जर्मन प्रहरीले जर्मनी र नेदरल्यान्डको सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।
उनले चलाएको सवारी साधनको खानतलासी गर्ने क्रममा ५० किलोग्राम इस्टे, २ किलोग्राम क्रिष्टल मेथ तथा करिब १२ हजार युरो फेला परेको थियो । जफत गरिएको सामग्रीहरू खेलाडीहरूले आफ्नो क्षमता अस्वभाविक रूपमा बढाउन प्रयोग गर्ने पदार्थ भएको प्रहरीले जनाएको छ । उनको गिरफ्तारीमा नेदरल्यान्डको एथलेटिक्स एसोसिएसनले आश्चर्य जनाएको छ ।
प्रहरीको सोधपुछमा क्रिष्टल मेथले कसले उनलाई उक्त सामग्री बोकाएको हो र ती औषधि कुन प्रयोजनलाई ओसारपसार गर्न लागिएको थियो भन्ने विषयमा कुनै कुरा बताएकी छैनन् । यदि यो अभियोग प्रमाणित भए क्रिष्टललाई जर्मन कानुन अनुसार साढे ८ वर्ष जेल सजायका साथै २९ करोड ४१ लाख रुपैयाँ जरिवाना हुनसक्छ ।