साप्ताहिक संवाददाता
मंसिर ४, २०७६
मानिसलाई अनेक किसिमका लत लाग्छन् । कोही धूमपानको लतमा हुन्छन् भने कोही रक्सीको लतमा । कसैलाई लागूपदार्थको लत हुन्छ भने कसैलाई के–को लत हुन्छ । यस्तो लतको सूची लामै हुनसक्छ ।
यसबीच ब्रिटिस गायक लियाम ग्यालाघरलाई भने दाँत माझ्ने टुथ ब्रसको लत लागेको खुलासा भएको छ । समाचारअनुसार लियामले जहाँ जसको, जस्तो अवस्थाको टुथ ब्रस पनि उठाइहाल्छन् र फुर्सद पाउनेबित्तिकै दाँत माझिहाल्छन् ।
त्यस क्रममा उनी हरेक दिन १५–२० पटकसम्म दाँत माझ्छन् । लियामका अनुसार उनले आफ्ना प्रशंसकहरूसँग प्रत्येक दिन अनेकौं पटक तस्बिर खिचाउनुपर्ने हुन्छ । तस्बिर खिचाउँदा हँसिलो हुनुपर्ने र दाँत चम्किनुपर्ने भएकाले उनले टुथ ब्रसलाई त्यसरी आफ्नो लत बनाएको कुरा बताएका छन् ।