मंसिर ५, २०७६
पुरुषले पुरुषसँग र महिलाले महिलासंग मात्र किन समलिङ्गी सम्बन्ध राख्छन् ? मलाई लाग्छ– एउटा स्वस्थ दिमाग भएको सचेत महिला–पुरुषबाट त्यस्तो काम हुनै सक्दैन । पशुले नगर्ने यस्तो निन्दनीय काम समलिङ्गीहरूले किन गर्छन् ? सभ्य शहर र समाजका लागि यी समलिङ्गी बिषालु सर्प होईनन् र ?
के. राज
जसरी धेरै जसो व्यक्ति यौनको दृष्टिले विपरित लिङ्गीबाट आकर्षित हुन्छन्, त्यसैगरी केही व्यक्ति समान लिङ्गीतर्फ आकर्षित हुन्छन् । यो एकदमै प्राकृतिक र स्वभाविक कुरा हो । यसलाई मानव यौनिकतामा भएको विविधता मानिन्छ । यसलाई घृणित मान्नुपर्ने कुनै कारण छैन र उहाँहरूलाई कुनै पनि आधारमा विषालु सर्प भन्ने आधार छैन । यहाँ आवश्यकता फरक यौनिकता स्वीकार गर्ने सोचको छ ।