साप्ताहिक संवाददाता
मंसिर ५, २०७६
नेपाली खेलकुदमा कुनै न कुनै रूपमा दोहरिएर आइरहने नाम हो— राम श्रेष्ठ । यति भन्दा धेरैलाई यो कसको नाम हो भन्ने लाग्न सक्छ, तर राम बोस भनियो भने त्यो सबैका लागि परिचित नाम नै हो । विशेषत: नेपाली घरेलु फुटबलमा लगभग सबैका लागि परिचित नाम हो, यो । राम थ्री स्टारसँग जोडिएका छन् व्यवस्थापकका रूपमा ।
उनी भारोत्तोलनेदेखि कराँते र तेक्वान्दो जस्ता खेलसँग पनि जोडिन्छन् । हालै मात्र उनी ब्राजिल तथा अमेरिकामा सम्मानित भए र त्यसको कारण थियो, नेपाली खेलकुदमा उनले दिएको योगदान । अमेरिकामा उनले पाए, लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम अनि ब्राजिलमा प्राप्त गरे— एप्रिसियसन एवार्ड ।