साप्ताहिक संवाददाता
अभिनेता विपिन कार्की मुख्य भूमिकामा अभिनय रहेको चलचित्र ‘सेल्फी किङ’को फस्टलुक सार्वजनिक भएको छ । विशाल सापकोटाको निर्देशन रहेको चलचित्र आगामी माघ २४ गते रिलिज हुँदैछ ।
आगामी माघ १७ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘दि कर्मा’को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रका निर्देशक देवकुमार श्रेष्ठ हुन् ।
चलचित्र ‘चपली हाइट’को तेस्रो सिरिज ‘चपली हाइट ३’ को छायांकन सुरु भएको छ । अर्जुन कुमारको निर्माण रहेको चलचित्रका निर्देशक निकेश खड्का हुन् ।
चलचित्र ‘माछा माछा’को आइटम गीत ‘म्याडम म्याडम’ सार्वजनिक भएको छ । सुनिल गुरुङ निर्देशित मंसिर २० गते रिलिज हुने चलचित्रमा सौगात मल्ल, विजय बराललगायतको अभिनय छ ।
अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा पत्नी रेश्मा कटुवालले पहिलो सन्तान रूपमा छोरीलाई जन्म दिएकी हुन् ।
आगामी मंसिर १३ गते रिलिज हुने चलचित्र ‘लभ यु हमेशा’ को नयाँ गीत ‘यो हावा किन चल्छ’ सार्वजनिक भएको छ । मेलिना राई र सुधीर राईको स्वर रहेको गीतमा यशराज गरच र ऋचा थापा फिचर्ड छन् ।