साप्ताहिक संवाददाता
मंसिर ६, २०७६
सङ्गीतकार सागर अधिकारी ‘शरद’ को एकल सङ्गीतमा भजन एल्बम ‘सङ्कल्प’ बजारमा आएको छ । वरिष्ठ गायिका चन्द्रकला शाहको प्रमुख आतिथ्यतामा उक्त भजन संग्रह यसैसाता सार्वजनिक गरिएको हो ।
चारवटा भजन रहेको एल्बममा शब्द र गायन सरला घिमिरेको रहेको छ । एल्बममा गणेश, कृष्ण, शिव र बुद्ध भजन समावेश गरिएको छ । चारवटै भजनको भिडियो पनि तयार गरिएको छ भने दुईवटाको भजनको भिडियो समेत प्रदर्शन गरिएको थियो ।
भिडियोको निर्देशन भने बसन्त सापकोटाले गरेका हुन् । सरला घिमिरेको जन्मोत्सवको अवसरमा गोङ्गबुस्थित मानव सेवा आश्रममा करिब ६० जना अशक्त वृद्धवृद्धालाई भोजनसमेत गराइएको थियो ।
गायिका घिमिरे, सङ्गीतकार सागर अधिकारी ‘शरद’ लगायतले संस्थालाई करिब २२ हजार पाँच सय रुपैयाँको हार्मोनियम प्रदान गरेका थिए ।