साप्ताहिक संवाददाता
अभिनेता सबिन श्रेष्ठ र अनु शाह गहिरो प्रेम सम्बन्धमा रहेको कुरा त अब कुनै नौलो कुरो भएन । हाल डेटमा रमाइरहेको यो जोडीले केहि समयअघि कागजी बिहे गरेको कुराले अहिले बजार तताएको छ ।
यथार्थ कुरा उनीहरुले अहिलेसम्म खुलाएका छैनन् । तर, उनीहरु निकटका व्यक्तिहरुका गफ अनुसार उनीहरु आधिकारिक रुपमा श्रीमान–श्रीमती भैसकेका छन् । लामो समयदेखि प्रेममा रहेको यो जोडीले भने यस विषयमा सत्यता नरहेको बताउने गरेको छ । सबिन निकट एक व्यक्ति भन्छन्, ‘बिहे भएको धेरै भैसक्यो, धुमधामका साथ बिहे भने भएको होइन ।’
बिहे गरेर सबिन र अनुले छवि र शिल्पाले जस्तै लुकाइरहेका हुन् या बिहे गरेको कुरा गलत हो त्यो उनीहरुलाई थाहा होला । तर, सबिन र अनु निकट अरु साथिभाईहरुले समेत यस विषयमा बेला–बेला कुरा फुत्काउने गरेका छन् । बजारमा हल्ला छ, तर उनीहरुले यस विषयलाई लुकाउन खोजिरहेका छन् ।
सबिन र अनुका तस्विरले अहिले सामाजिक सन्जालहरु तताइरहेका छन् । उनीहरु नजिकका साथिभाईहरुले समेत अनु र सबिनसँगै तस्विर खिचाएर राख्ने गरेका छन् । पक्कै सबिन–अनुले बजार तताइरहेको यो गसिपको बिषयमा जवाफ दिन्छन् कि !