साप्ताहिक संवाददाता
मंसिर ८, २०७६
देश तथा विदेशमा हुने अधिकांश मेला महोत्सवमा अटाउने नाम हो– ज्योती मगर । गीत गाएर सांगीतिक क्षेत्रमा देखा परेकी ज्योतीले थुप्रै म्यूजिक भिडियोमा अभिनय समेत गरेकी छिन् ।
यो भन्दा बेग्लै उनको पहिरनलाई लिएर बारम्बार चर्चामा आईरहन्छिन् । त्यसो त उनले दिने विभिन्न खाले अभिव्यक्ति पनि बेला बेला चर्चाका कारण बन्ने गरेका छन् ।
ज्योती मगरको नामलै पनि मेला महोत्सव भर्न आउने दर्शकको संख्या उल्लेख्य हुने हुँदा आयोजकको पहिलो रोजाईमा ज्योती पर्ने गरेकी छिन् ।
उनले युवाहरुलाई सम्बोधन गर्दै दिने प्रस्तुती नै आकर्षक रहने जानकारहरु बताउँछन् ।
उनै ज्योती मगरले पछिल्लो समय देशका विभिन्न स्थानमा भैरहेका विभिन्न मेला महोत्सवमा प्रस्तुती दिदै गर्दा खिचिएका केहि तस्बिरहरु सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् ।