साप्ताहिक संवाददाता
हलिउड चलचित्र जोकरले आम्दानीको नयाँ कीर्तिमान बनाएको छ । चाँडै नै यो चलचित्र एक बिलियन डलर क्बलमा समावेश हुने भएको छ । हालसम्म यसले ९ सय ९८ मिलियन डलर बराबरको आम्दानी गरिसकेको छ । यो संगै बिलियन डलर आम्दानी गर्ने यो छैठौं वार्नर्स चलचित्रसमेत हुने छ ।
टोड फिलिप्सको यो चलचित्रले आम्दानीका थुप्रै कीर्तिमानहरू आफ्नो नाममा बनाइसकेको छ । यसले वर्षकै पहिलो बिलियन डलर बन्ने कीर्तिमान कायम गर्दैछ । यो चलचित्रले अमेरिकाको घरेलु बजारमा ३ सय ४० मिलियन डलरको आम्दानी गरेको थियो भने ओभरसीजमा ८ सय २० मिलियन डलर आम्दानी गरेको थियो ।
यो चलचित्रलाई हालै मात्र भेनिस फिल्म फेस्टिभलमा करिव ८ मिनेटसम्म स्ट्यान्डिङ ओवेसनबाट सम्मान गरिएको छ । यतिमात्र होइन, एभेन्जर्स एन्डगेमपछि यो वर्षकै दोस्रो सबैभन्दा चर्चित चलचित्र समेत बनेको छ । चलचित्रमा जोकन फीनिक्सले आर्थर फ्लेकको मुख्य चरित्र निर्वाह गरेका छन् । उक्त चरित्रलाई थुप्रै चलचित्र समिक्षकहरूले प्रशंसा गरेका छन् ।