साप्ताहिक संवाददाता
नेपालमा हुने दक्षिण एसियाली खेलकुदको प्रत्यक्ष प्रसारण भारतको नक्षत्र न्युजले गर्नेछ । यो कुन च्यानल हो, त्यसबारे धेरैलाई थाहा छैन, यो नयाँ हो र यसलाई यस्तो प्रसारणको अनुभव कम छ, त्यो सबैलाई थाहा छ । तर दक्षिण एसियाली खेलकुदको प्रसारणबाट यो सम्झौता भएपछि धेरै खाले फरक मत भने अगाडि आएका छन् ।
सबैभन्दा ठूलो प्रश्न, नेपालको प्रतिष्ठा रहेको प्रतियोगिता किन नक्षत्रलाई दिनु पर्यो त ? सम्झौता बाहेक नक्षत्रले आठ करोड रुपैयाँ पनि बुझाउने छ । भनिएको छ, दक्षिण एसियाली खेलकुद जत्तिको ठूलो प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न नेपाली टेलिभिजन संस्थाहरू सक्षम नै छैनन् । प्राविधिक रूपमा यो काम गर्न नेपाली च्यानल सक्षम नै छैनन् ।
तर सबैभन्दा ठूलो प्रश्न रहेको छ, पूरा प्रतियोगिताको कुनै दृश्य नेपाली टेलिभिजनहरूले खिच्न पाउने छैन, यो ठीक हो त ? सुरुमा त प्रतियोगिताका तस्बिर पनि खिच्न पाइन्न भनिएको थियो । अब यस्तो हुने छैन् । तर नेपाली टेलिभिजनहरूले खिच्न नपाएपछि पूरा प्रतियोगिता नै खल्लो हुने त होइन ?