साप्ताहिक संवाददाता
पोखरामा सम्पन्न ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को सातौं महाधिवेशनबाट रमेश बीजी अध्यक्षमा भारी मतसहित निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मत अन्तरले पराजित गर्दै बीजी अध्यक्ष बनेका हुन् ।
बीजीले ५ सय ८४ र खत्रीले ५ सय ४५ मत प्राप्त गरे । खत्रीले योसँगै तिनपटक अध्यक्ष पदमा पराजित हुन पुगेका छन् । यसअघिका दुइ निर्वाचनमा उनी भारी मतले पराजित भएका थिए ।
निर्वाचनबाट कोषाध्यक्षमा राजु ढकाल ७ सय ३७ मतसहित निकटतम प्रतिस्पर्धी तारापति सुवेदीललाई हराए । तारापतीले ३ सय ७२ मत मात्रै पाए । सहकोषाध्यक्षमा ७ सय ८० मतसहित ईश्वरी प्रसाद भुसाल विजयी भए । उनका निकटतम प्रतिस्पर्धी घनश्याम रिजालले ४ सय ६ मत पाए ।
प्रशासनिक सचिवमा कृष्ण रेउलेले ८ सय ६४ मत पाएर निकटतम प्रतिस्पर्धी पुरुषोत्तम थापालाई पाखा लगाए । थापाले निकै कम मत २ सय ४५ मत पाए । खुल्ला सचिवमा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जीसी, बसन्त थापा र पुस्कल शर्मा विजयी भए ।
महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अन्जली अधिकारी, जुनाश्रीष मगर, अम्बिका लुंगेली मगर, सरला पाण्डे र सीता राना चुनिए ।
महासचिव, उपमहासचिव र सांगठनिक सचिव पदमा पनि निर्विरोध चुनिएका छन् ।
खुल्ला केन्द्रीय सदस्यमा देवी घर्ती, पीएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गर्बुजामगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर निर्वाचित भए ।
वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा र महिला उपाध्यक्षमा राधिका हमाल निर्विरोध चुनिएका छन् ।
प्रतिष्ठानको सचिवमा सुवास केसी निर्वाचित भए ।
विदेश शाखामा रामकृष्ण बम मल्ल र दुर्गा पंगेनीललाई निर्विरोध निर्वाचित गरियो ।
शंकर वीसी र शिव हमाल उपसचिवमा निर्वाचित भएका भने सांगठनिक सचिवतर्फ खुमन अधिकारी र महिला सचिवमा जमुना रानामगर निर्विरोध निर्वाचित भए । सहकोषाध्यक्ष पदमा पूर्णकला वीसी पनि निर्विरोध विजयी भएकी छिन् ।