साप्ताहिक संवाददाता
हलिउड अभिनेत्री तथा मोडल पामेला एन्डरसनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विकिलीक्सका संस्थापक जूलियन असान्जेलाई माफ गर्नका लागि आग्रह गरेकी छिन् । पामेलाले ट्रम्प तथा उनकी श्रीमती मेलेनिया ट्रम्पलाई पत्र लेख्दै जूलियनलाई छाड्न आग्रह गरेकी हुन् । उक्त पत्रमा चुनावको क्रममा सफल प्रचारको उदाहरण दिँदै उनले फ्री प्रेसको समेत कुरा गरेकी छिन् । रोचक कुरा के छ भने जूलियन असान्जे अहिले पनि जेलमा छन् ।
प्रत्यार्पणबाट बच्नका लागि उनले जारी शर्तहरूलाई उल्लंघन गरेको आरोप छ । प्लेब्वाइको मोडल रहिसकेकी पामेलाले लेखेकी छिन्—‘तपाईं एउटा इमान्दार नेता हुनुहुन्छ, तपाईंलाई मानिसहरूले अमेरिकाबाट राजनीतिक भ्रष्टाचार निर्मूल गर्नका लागि चुनेका हुन् । यदि तपाईंले जूलियन असान्जेलाई माफ गरिदिनु भयो भने मानिसहरूले तपाईंलाई सलाम गर्नेछन् र तपाईंलाई एउटा च्याम्यिपनको रुपमा सम्झनेछन् ।