साप्ताहिक संवाददाता
मंसिर १०, २०७६
बलिउडका नयाँ अभिनेता–अभिनेत्रीहरू आफ्नो फिटनेसप्रति सचेत छन् । त्यसमध्ये पनि फिटनेसमा बढी ध्यान दिने अभिनेत्रीमा पर्छिन् श्रीदेवीकी पुत्री जान्हवी कपुर । चलचित्र व्यस्तताका बावजुद उनी हरेक दिन जिम जान छुटाउँदिनन् ।
हरेक बिहान २ घण्टा जिममा बिताउने जान्हवीको तस्बिर लिन पापाराजी पत्रकारहरूबीच तँछाडमछाड नै चल्छ । जान्हवी हरेक दिन फरक–फरक रंगका आउटफिटमा जिमखाना पुग्छिन् । यही कारणले पनि उनको तस्बिर लिन पापाराजीहरूबीच तँछाडमछाड हुने गरेको हो ।