साप्ताहिक संवाददाता
पहिलो पटक गाडी चढ्नेहरूलाई लक्षित गरी उत्पादन गरिएको सुजुकीको नयाँ गाडी एस–प्रेसो नेपाली बजारमा उपलब्ध भएको छ । सीजी मोटोकर्पले नेपालमा बिक्री–वितरण थालेको यो मोडलको गाडीमा सुरक्षालाई प्राथमिकता दिएर उत्कृष्ट प्रविधि प्रयोग गरिएको बताइएको छ । उक्त गाडी एसयूभीजस्तै आधुनिक र बोल्ड डिजाइनयुक्त रहेको कम्पनीले जनाएको छ । यसमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएकाले यसको बनोटलाई बलियो, सुरक्षित र कठोर बनाइदिएको कम्पनीले जनाएको छ ।
गाडीमा १० भन्दा बढी सुरक्षा व्यवस्था रहेको छ । सुजुकी एस–प्रेसोको डिजाइन बोल्ड र एसयूभी गुणयुक्त छ । यसको अपराइड एपिल ब्याकडोर डिजाइनका कारण एसयूभीजस्तै देखिन्छ । मोडर्न प्लस बडीको अनुपातलाई सावधानीपूर्वक डिजाइन गरिएको छ । १८० एमएम हाई ग्राउन्ड क्लियरेन्स, डोर सिल, आर १४ टायरजडित वर्गाकार ह्विल आर्कजस्ता आकर्षक डिजाइनहरू प्रयोग भएको छ ।
त्यस्तै एस–प्रेसोमा सेग्मेन्टमै पहिलो पटक स्टेयरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल राखिएको छ । म्युजिक, इन्टरटेनमेन्ट र नेभिगेसनका लागि स्मार्ट प्लेजडित टचस्क्रिन रहेको छ । त्यस्तै एप्पल कार प्ले वा अन्य कुनै स्मार्ट प्ले स्टुडियो कम्प्याटिबलसमेत जडान गरिएको छ । यसमा ड्युअल एयरब्याग, ईबीडी, एबीएस, प्रि–टेन्सनर, फोर्स लिमिटर, सिट बेल्ट, रियर पार्किङ सिस्टम, हाइ स्पिड वार्निङ एलर्ट, रिभर्स पार्किङ सेन्सरलगायतका सुरक्षा फिचर छन् । चार भेरिएन्टमा उपलब्ध उक्त गाडीको मूल्य २२ लाख ९९ हजार देखि २५ लाख ४९ हजार रुपैयाँसम्म छ ।