साप्ताहिक संवाददाता
मंसिर ११, २०७६
चर्चित अभिनेत्री केकी अधिकारी पछिल्लो समय म्यूजिक भिडियोमा निक्कै ब्यस्त देखिन्छिन् । उनै अभिनेत्री केकी अधिकारीले अभिनय गरेको एक नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक इश्वर पोखरेल र गायिका मेलिना राइको आवाज रहेको ‘२४ घण्टै’ बोलको गीतको म्यूजिक भिडियोमा अधिकारीको नृत्य देख्न सकिन्छ । एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा केकी अधिकारीलाई सुरज पौडेलले अभिनयमा साथ दिएका छन् ।
प्रकाश धितालको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, सन्तोष राजभक्तको कोरियोग्राफी छ ।
गीतको म्यूजिक भिडियो :