साप्ताहिक संवाददाता
मंसिर १२, २०७६
इंग्लिस फुटबल टिमका सदस्य एवं चेल्सीका मिडफिल्डर रुबेन लोफ्तुसचिक हालै फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीकी श्रीमतीसँग मोडलिङमा देखिएका छन् ।
चोटका कारण मैदानबाहिर रहेका रुबेनले सार्कोजीकी श्रीमती कार्ला ब्रुनीसँग एक ब्रान्डका लागि हालै मोडलिङ गरेका हुन् । फेसन ब्रान्ड बुरबेरीले पछिल्लो पटक बजारमा ल्याउन लागेको साढे ७ लाख रुपैयाँ पर्ने ड्रेसमा दुवैले फोटोसुट गरेका थिए ।
आगामी क्रिसमसलाई लक्षित गरेर आउन लागेको उक्त ब्रान्डको कालो रंगको सुटलाई ३ लाख ३८ हजार रुपैयाँ र उनको डुफेल कोटको मूल्य ३ लाख ३३ हजार रुपैयाँ पर्ने गरेको छ । खेलाडी भएका कारण एडिडास कम्पनीको प्रडक्टमा मात्र मोडलिङ गरेका रुबेनलाई यो फोटुसुटपछि मोडलिङको क्षेत्रमा पनि ढोका खोलिएको फेसन पारखीहरूले बताउन थालेका छन् ।