साप्ताहिक संवाददाता
मंसिर १२, २०७६
क्लाउड गेमिङको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर गुगल पनि यसमा सामेल भएको छ । गुगलले स्टेडिया नाममा आफ्नो गेमिङ सेवा प्रारम्भ गरेको छ । उक्त प्लेटफर्ममा प्रयोगकर्ताले वेब ब्राउजर र स्मार्टफोनमा कन्सोल क्वालिटीको भिडियो गेम खेलेर फाइदा लिन सक्नेछन् ।
स्टेडिया प्लेटफर्ममा उपलब्ध हुने गेम सामान्य रूपमा ब्लकबस्टर फिल्म वा रियल लाइफ वर्क प्रोजेक्टमा आधारित हुनेछन् । क्लाउड गेमिङमा प्रयोगकर्ताले कुनै कन्सोलको प्रयोगबिनै हाई इन्ड गेम खेल्न सक्छन् । क्लाउड गेमिङबिना यस्ता हाई इन्ड गेम खेल्नका लागि भने हजारौ रुपैयाँ तिर्नुपर्छ । अनलाइन भिडियो गेमिङको बजार संसारभर तीव्र रुपमा वृद्धि भइरहेको छ ।